ह्वाइटबोर्ड, स्लाइड वा कागजात शीघ्र खोल्नुहोस्। OneNote ले त्यसलाई ट्रिम गरेर सुधार्नेछ ताकि त्यो पढ्नमा सजिलो होस्। हामी टाइप गरेको पाठ पढ्न पनि सक्छौं, ताकि तपाई पछि त्यसलाई खोज्न सक्नुहोस्।
स्टाइलसले बोर्डबाट चित्र स्केच गर्नुहोस्। यदि तपाईलाई टाइपिंगभन्दा हस्तलेखन अधिक स्वाभाविक लाग्छ भने सबै नोटहरू हातले लेख्नुहोस्।
व्याख्यानको सबै शब्द नलेख्नुहोला-महत्वपूर्ण भागहरू मात्रै लेख्नुहोस्। OneNote ले तपाईंका नोटहरूलाई अडियोमा लिंक गर्छ जसले तपाई प्रत्येक नोट लिँदा भनिएको कुरामा सीधै पुग्न सक्नुहुन्छ।
पाठ, कार्य-सूची र तालिकाहरूको लागि द्रुत र अनुकूल बनाउन OneNote लाई डिजाइन गरिएको थियो। लेआउटको बारेमा चिन्ता नमान्नुहोला। पृष्ठमा तपाईंले चाहेको कुनैपनि ठाउँमा टाइप गर्नुहोस्।
यदि तपाईंसँग तिनीहरूको ईमेल छ भने तपाई तिनीहरूसँग साझा गर्न सक्नुहुन्छ। यो सजिलो छ र छिट्टै सुरू हुन्छ।
तपाई चाहे त्यही कोठामा भएको बेला वा क्याम्पसमा, उही समयमा साथमा कार्य गर्नुहोस्। पुनरावलोकन मार्कले को केमा कार्य गर्दैछ त्यो बताउनेछ।
कक्षामा, आफ्नो कोठामा, कुनै कम्प्युटर ल्याबमा वा कफी शपमा-तपाई कुनैपनि यन्त्रमा कुनैपनि स्थानबाट साथमा कार्य गर्न सक्नुहुन्छ। कोई व्यक्ति अफलाइन भएपनि, OneNote ले सबैलाई साथमा राख्नको लागि स्वचालित रूपमा सिंक गर्छ।
अधिकांश प्रोजेक्टहरूको लागि वेब शोध आवश्यक हुन्छ। एकै क्लिकमा कुनैपनि ब्राउजरमा कुनैपनि वेबपृष्ठ क्याप्चर गर्नुहोस्। पृष्ठलार्ठ OneNote मा एनोटेट गर्नुहोस्।
आफ्ना नोटहरूसँग व्याख्यानका स्लाइडहरू र पेपरहरू राख्नुहोस्। टाइप गरेर वा स्टाइलस द्वारा हस्तलेखन गरेर तिनीहरूमाथि वा तिनीहरूको छेउमा नोटहरू लिनुहोस्।
फोटो वा प्रिन्टआउटमाथि लेख्नुहोस्। आफ्ना विचारहरूलाई अर्थपूर्ण बनाउन स्टिकी नोटहरू जस्ता कुराहरूले व्यवस्थित गर्नुहोस्। मार्जिनमा लेखेर टिप्पणी गर्नुहोस्।
तपाईं फाइलर हो कि पाइलर? OneNote ले दुबैलाई मन पराउँछ। नोटबुकरू र सेक्शनहरू बनाएर आफ्ना नोटहरू र प्रोजेक्टहरू व्यवस्थित राख्नुहोस्। तपाईले टाइप गरेको, क्लिप गरेको वा हातले लेखेको पाठ सजिलैसँग खोजेर फेला पार्नुहोस्।